नियम ११४
निर्माण कार्यको बोलपत्रको विशेष मूल्याड्ढन
(१) निर्माण कार्यको बोलपत्र मूल्याड्ढन
गर्दा मूल्याड्ढन समितिले नियम ११३ मा उल्लिखित कुराको अतिरिक्त देहायका कुराको
मूल्याड्ढन गर्नु पर्नेछ ः—
(क) निर्माण कार्यको कार्य योजना, कार्य सम्पादन तालिका र परिचालन
समय बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए अनुसारको भए वा
नभएको,
(ख) बोलपत्रदाताले बील अफ क्वान्टिटीमा संलग्न आइटमको लागि
उल्लेख गरेको प्रति एकाई दर विश्वसनीय भए वा नभएको,
(ग) कबोल अड्ढ देहायको कारणले असन्तुलित भए वा नभएको ः–
(१) खरिद सम्झौताको प्रारम्भिक चरणमा गर्नु पर्ने कामको आइटमको
लागि बोलपत्रदाताले अस्वभाविक उच्च दर उल्लेख गरेकोले,
(२) बोलपत्रदाताले बील अफ क्वान्टिटीको कुनै आइटममा न्यून
अनुमान भएको भनी विश्वास गरेको आइटमको लागि निजले
अस्वभाविक उच्च दर उल्लेख गरेकोले ।
(२) उपनियम (१) को खण्ड (ग) बमोजिमको अवस्थामा वा बोलपत्रदाताले
सन्तोषजनक रुपमा काम सम्पन्न गर्न नसक्ने गरी न्यून कबोल अड्ढ उल्लेख गरेको
वा निर्माण कार्यको क्षेत्र वा प्राविधिक स्पेसिफिकेशन गलत रुपमा बुझी वा नबुझी
अस्वाभाविक न्यून कबोल अड्ढ उल्लेख गरेको वा प्रारम्भिक चरणमा गरिने निर्माण
कार्यको लागि बढी दरले उल्लेख गरेको (फ्रन्ट लोडि·) छ छैन भन्ने कुरा मूल्याड्ढन
समितिले जा“च गर्नु पर्नेछ । त्यसरी न्यून कबोल अड्ढ उल्लेख गरेको अवस्थामा
मूल्याड्ढन समितिले त्यस्तो बोलपत्रदातास“ग दर विश्लेषण सहितको स्पष्टीकरण माग
गर्नु पर्नेछ ।
(३) मूल्याड्ढन समितिले उपनियम (२) बमोजिम मागेको स्पष्टीकरण सन्तोषजनक
भएमा त्यस्तो बोलपत्रदातास“ग निजको कबोल अड्ढको आठ प्रतिशतले हुने रकम
बराबरको थप कार्य सम्पादन जमानत लिई बोलपत्र स्वीकृत गर्ने सिफारिस गर्न र
त्यस्तो स्पष्टीकरण सन्तोषजनक नभएमा त्यस्तो बोलपत्र अस्वीकृत गर्न स्थानीय
निकायलाई सिफारिस गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम लिएको थप कार्य सम्पादन जमानत अन्तिम बील
भुक्तानी भएपछि फिर्ता गर्नु पर्नेछ ।